spot_img
spot_img
spot_img

नेपाल फिफा वरीयतामा एक स्थान तल झर्‍यो

spot_img

काठमाडौं ।

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि नेपाल १७४ औं स्थाना रहेको नेपाल विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५ औं स्थानमा झरेको हो । भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित भएको नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।

दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १०० औं स्थानमा छ । यस्तै,माल्दिभ्स १५४ औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४ औं स्थानमा उक्लेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२ औं स्थानमा यथावत छ । पाकिस्तान २०१ औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७ औं स्थानमा छ । फ्रान्स,ब्राजिल,इङ्ल्यान्ड,बेल्जियम,क्रोएसिया,नेदरल्यान्ड्स,इटाली,पोर्चुगल र स्पेन दोस्रो देखि १०औं स्थानमा छन् । विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img