spot_img
spot_img
spot_img

रोमाका प्रशिक्षक माउरिन्हो निलम्बन

spot_img

एजेन्सी ।

रोमाका मुख्य फुटबल प्रशिक्षक जोजे माउरिन्हो नयाँ सिजन सन् २०२३–२४ मा १० दिनका लागि निलम्बनमा परेका छन् । माउरिन्होले रेफ्री ड्यानियल चिफीमाथि दिएको अभिव्यक्तिका कारण कारबाहीस्वरुप उनलाई निलम्बन गरिएको हो । गत मे ३ मा रोमाले मोन्जाविरुद्ध खेल्दा माउरिन्होले चिफीलाई खराब रेफ्री भनेर प्रतिक्रिया दिएका थिए । यसैकारण माउरिन्होलाई ४३ हजार पाउन्डको जरिवानासमेत लगाइएको छ ।

इटालियन फुटबल एसोसियसनले माउरिन्होले आगामी सिजनको पहिलो दिनदेखि सुरु हुने १० दिने निलम्बनको सामना गर्ने जनाएको छ । चेल्सी,रियल मड्रिड, इन्टर मिलान र म्यानचेस्टर युनाइटेडका पूर्वमुख्य प्रशिक्षक माउरिन्होले मोन्जाविरुद्ध चिफीले रोमाका मेह्मेट जेकी सेलिकलाई खेलको इन्जुरी समयमा रातो कार्ड देखाएपछि रेफ्रीको चर्को आलोचना गरेका थिए।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img