spot_img
spot_img
spot_img

शुद्धोधनको गुरौलिया स्कुलमा लागुऔषध दुर्बयसनी बिरुद्धको सचेतना कार्यक्रम

spot_img

शुद्धोधन ।

रुपन्देहीको शुद्धोधन गाउपालिकाको गुरौलिया माध्यमिक बिद्यालयमा बिद्यालयमा अध्ययनरत बिधार्थीहरुका लागि लागु औषध दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम गरिएको छ। मानमटेरिया साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजनामा उक्त कार्यक्रम भएको हो। बालबालिका तथा किशोर किशोरीहरुलाई लागु औषध दुर्ब्यसनीमा लाग्नुको कारण, त्यसका लक्षणहरु के कस्ता हुन्छन र दुर्ब्यसनी किशोर किशोरीहरुलाई शुन्य तथा न्युनिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको थियो।

कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले अभिभावकले सुर्ति तथा मदिराजन्य पदार्थ खरिद गर्न लगाए पनि इन्कार गर्नु पर्ने, सार्वजनिक स्थल र स साना बालबालिकाहरुका अगाडी कुनै पनि सुर्ति तथा मदिराजन्य पदार्थको प्रयोग नगर्न समेत आग्रह गर्नु पर्ने सुझाव दिनु भएको छ। लागु औषध दुर्ब्यसनीमा फसेकाहरुलाई हेला नभई परामर्श केन्द्रसम्म पुराई पुनस्थार्पित हुने अवसर दिनु पर्ने सहजकर्ता थापा मगरले बताउनु भयो। मानमटेरिया साथी सञ्जालका अध्यक्ष श्रजना चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img