spot_img
spot_img
spot_img

मुलुकभर हालसम्म १२ प्रतिशत मात्रै धान रोपाइँ

spot_img

काठमाडौं ।

यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो ।कृषि विभागका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको हो ।

गत वर्षको असार १० गते १७ प्रतिशत भुभागमा रोपाइँ सकिएको थियो । मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाई छ । यस वर्ष लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत, कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। यसैगरी गण्डकी प्रदेशमा ६।८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img