काठमाडौँ ।
बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ। जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बताउनुभएको छ । सुराकको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो। बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए। ट्रक चालक र धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाँजा तस्करले सो गाँजा भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ ।