काठमाडौं ।
लेवनानलाई हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको खेल खेल्ने पक्का भएको हो र भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । ८ पटकको साफ च्याम्पियन भारतले आगामी मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेतलाई सहभागी गराएर साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो । बंगलादेशलाई १–० ले हराउँदै कुवेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।