एजेन्सी ।
इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ । लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ । यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन। इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ ३५ विमान दिएको छ।
उत्पादनमा संलग्न अन्य अमेरिकी कम्पनीहरूमा विमान इन्जिनको लागि कनेक्टिकट आधारित प्र्याट र ह्विटनी समावेश छन्। रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??