काठमाडौं ।
रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेसंगै झन त्रास बढेको छ। नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो। मंगलबार बिहान ४ बजे नदीमा जल सतह खतराको विन्दुभन्दा माथि पुगेको थियो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ। सो नदीमा ५ दशमलव ६ मिटर जल सतहलाई खतराको विन्दु मानिएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??