काठमाण्डौ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा आज बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार जीपीए ल्याएका छन् भने ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन । ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याएका छन भने सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । एसईईको नतिजा लेटर ग्रेडिङ पद्धति २०७२ अनुसार नतिजा प्रकाशित भएको छ । एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये चार सय ३१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । ्गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।