काठमाण्डौ ।
कलाकार सारुक ताम्राकार मृत फेला परेका छन। काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका हुन। ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??