spot_img
spot_img
spot_img

चीन अत्यधिक गर्मीको चपेटामा, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

spot_img

एजेन्सी ।

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ। चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ । त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको थियो । यस्तै, चीनको राजधानी बेइजिङमा २८ दिनदेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ । युरोप र अमेरिकामा अत्यधिक गर्मी बढेपछि नागरिकका लागि एड्भाइजरी जारी गरिएको छ । इटालीमा हिजो तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । अत्यधिक गर्मीका कारण चीन, अमेरिका र युरोपमा तातो आवा अर्थात लू चल्ने चेतावनी दिइएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img