काठमाडौं ।
नेपालमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्याक्सिनेसन गर्ने सहमति हो । यस्तै,खोरेत रोग उन्मूलनका लागि पनि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री भुसालले जानकारी दिनुभएको छ । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ।