spot_img
spot_img
spot_img

अमेरिकी इतिहासमा पहिलो पटक नौसेनाको नेतृत्वमा महिला

spot_img

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गर्नुभएको छ । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गर्नुृभएको हो। नौसेना प्रमुखमा फ्राञ्चेटी निश्चित भए अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य बन्ने उहाँ पहिलो महिला बन्नुहुने छ । सन् १९८५ मा अमेरिकी सेनाको कमीशनर रहेकी फ्राञ्चेटी हाल नौसेनाको अपरेसन उपप्रमुख रहनु भएको छ । फ्रानचेट्टीले अमेरिकी नौसेनाको कोरिया कमाण्डर, संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा पनि काम गरिसक्नु भएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img