spot_img
spot_img
spot_img

भारतमा दुई नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्नेलाई जन्मकैद

spot_img

एजेन्सी ।

नेपालका दुई नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् । उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस ९पोस्को० लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ । वकिल पवनकुमार शुक्लाकाअनुसार चार जनाविरुद्ध हरैया प्रहरी चौकीमा सन् २०२२ को जुन २६ मा उजुरी दर्ता भएको थियो । नेपाल र भारतको सीमामा रहेको बजारमा सामान किन्न आएका दुई नाबालिगमाथि चार जना मिलेर सामूहिक बलात्कार गरेका थिए । प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img