काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा १४२ वन्यजन्तुको उद्धार गरेको छ। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७९(८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित १४२ वन्यजन्तुको उद्धार गरिएको छ। गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभएको छ । उहाँका अनुसारmगत वर्ष १९ सर्प, १३ चित्तल, ६ पाटेबाघ, ६ एक सिङ्गे गैँडा, ५ सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको हो । मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो। निकुञ्जसँग बाघ राख्ने ६ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।