spot_img
spot_img
spot_img

फिलिपिन्ससँग हार्‍यो आयोजक न्युजिल्यान्ड

spot_img

एजेन्सी।

महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्‍यो। प्रतिस्पर्धात्मक खेलको २४औँ मिनेटमा फिलिपिन्सले निर्णायक गोल गरेको थियो । फिलिपिन्सका लागि सरिना बोल्डेनले गोल गरेकी थिइन् । जितसँगै दुई खेल खेलेको फिलिपिन्स तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
एक खेल खेलेको स्विट्जरल्यान्ड तीन अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हराएको थियो । दुई खेल खेलेको न्युजिल्यान्ड भने तीन अङ्कसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा नर्वेलाई १—० गोलले हराएको थियो । एक खेल खेलेको अङ्कविहीन नर्वे चौथो स्थानमा छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img