काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसारबौदिकाली–६ माझडाँडाका ९९ वर्षीया लिला आले र ६६ वर्षीया उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो । उनीहरुले गएको शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका थिए । जङ्गली च्याउ खाएर बिरामी भएका ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन् । च्याउ खाएर बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??