गुल्मी।
वर्षाका कारण घर भत्किँदा गुल्मीमा तीन बालबालिका घाइते भएका छन। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मदाने गाउँपालिका–२ मा बुधवार बिहान मुक्तबहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएका हुन। बुधवार बिहान मुक्तबहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घर भत्किदा मुक्तबहादुरकी १२ वर्षीय छोरी करिष्मा, नौ वर्षीय छोरा हिक्मत घर्ती र त्यही ठाउँका १० वर्षीय अम्मर परियार घाइते भएका छन। घाइतेको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??