काठमाण्डौ ।
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। आज बुधबारको बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो । अब अर्को बैठक साउन १५ गते सोमवारका लागि बोलाइएको छ ।एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि संलग्नता रहेको भन्दै उहाँको राजीनामा पनि मागेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??