spot_img
spot_img
spot_img

रुपन्देहीबाट ५ लाखभन्दा बढीको अबैध कपडा बरामद

spot_img

कञ्चन ।

रुपन्देही प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा ५ लाख रुपैया भन्दा बढीको अबैध कपडा बरामद गरेको छ। पक्राउ पर्नेमा गैडहवा ७ का सन्त कुमार खरविन्द रेहका छन।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार भारतबाट लुकाई छिपाई गरी भन्सार छली नेपाल तर्फ ल्याउदै गरेका अवस्थामा लुम्बिनीको लोफडियाबाट गैडहवाका खरविन्दलाई ई रिक्सा सहित अन्दाजी ३ लाख ६० हजार ५ सय रुपैया बराबरको अबैध सामान पक्राउ गरेको हो। बिभिन्न स्थानहरुबाट १ थान मोटरसाइकल र १ थान अटो रिक्सा सहित कपडा बरामद गरेको हो। खरविन्दलाई आफैले चलाएको लु १ ह १६९४ नं. ई रिक्सामा जेन्स अण्डर वेयर ५५०पिस र सेन्डो भेष्ट ११०० पिस भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लोफडियाबाट प्रहरीले पक्राउ गरेको हो।
यसैगरी सोमवार नै जिल्लाबाट खटिएको प्रहरी गस्ती टोलीले गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३ वस्ने वर्ष २१ को बिजय भरले चलाएको लु ४७ प ४८३७ नं. को मोटरसाइकलमा ल्याउदै गरेको कुर्ता सुरुवाल १४० थान र मोटरसाइकाल सहित अन्दाजी १ लाख ४९ हजार रुपैया बराबरको सामान बरामद गरेको हो।
पक्राउ गरिएका अबैध कपडा, मोटर साइकल सहित ती मानिसहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यलय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img