रुपन्देही // नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीको तेश्रो नगर अधिवेशन सम्पन्न भएको छ। शनिवार सम्पन्न तेश्रो अधिवेशनबाट अश्विन न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ।
जसको उपाध्यक्षमा रविन परियार, सचिवमा मनोज बस्याल, सह सचिवमा निकिता पाठक र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन्। त्यस्तै कार्यलय सदस्यमा विक्रम खनाल, सन्दिप बस्याल, हेमन न्यौपाने, सुरक कुवर चयन भएका छन्।
कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माले पार्टीलाई सदैब खवरदारी गरिराख्ने संस्था अनेरास्ववियु रहेको बताउदै अब बन्ने नयाँ कमिटीले विद्यार्थी लगाएत आम जनसमुदायको पक्षमा आवाज उठाउदै सम्पुर्णको मन जित्ने गरि काम गर्न आग्रह गर्नु भयाे र कमिटीलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज लेखनाथ खनाल, केन्द्रिय कमिटी सदस्य साजन भण्डारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य यम राना, देवदह आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति अर्जुन गैरे, अनेरास्ववियु जिल्ला नेता एलिना हमाल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
केन्द्रिय कमिटी सदस्य शेषकान्त पोखरेल, केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद बस्याल, केन्द्रिय लेखा आयोग सदस्य दिपक चापागाईं, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रजापति सापकोटा, पार्टि जिल्ला सदस्य यम राना, जिल्ला सदस्य मनकुमार कनौजे, जिल्ला सदस्य कृष्ण पौडेल, पार्टी नेता बन्दु कुमाल, रुपन्देही जिल्ला कमिटी संयोजक रमेश ढकाल, अनेरास्ववियु जिल्ला उपाध्यक्ष भरत अर्याल, जिल्ला नेता सुमित सापकोटा लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा देवदह नगर कमिटीका संस्थापक अध्यक्ष सुरज भट्टराईलाई लगाएत नगर कमिटीलाई सहयोग पुर्याउने विद्यार्थी नेताहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो। सोहि अवसरमा देवदह नगर भित्र रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम अनेरास्ववियु देवदह नगर कमिटी अध्यक्ष आशोक गैरेको अध्यक्षता, मनोज बस्यालको स्वागत र सह सचिव शोभराज जैसीको संचालनमा भएको थियो।