spot_img
spot_img
spot_img

कञ्चनको गौरीडाडामा “आफ्नो गाउँ,आफै बनाउँ” अभियान अन्तर्गत सरसफाई कार्यक्रम

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. २ का युवाहरुले आफ्नो गाउँ, आफै बनाउँ अभियान अन्तर्गत टोलमा सरसफाई कार्यक्रम संचालन गरेका छन। आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने मान्यतालाई गाउस्तरसम्म पुर्याउन युवा समाजसेवी शिशिर शर्माको नेतृत्वमा अभियान शुरु गरिएको हो। आफ्नो गाउँ, आफै बनाउँ अभियानको पहिलो चरणमा टोल भित्र रहेका फोहोर ब्यबस्थापन गरी सफाई कार्यक्रम संचालन गरेका हुन। सो कार्यक्रममा कञ्चन २ गौरीडाडाका युवाहरु, टोलका अगुवा, आमा समूह, प्रहरी चौकी बेवरीका सुरक्षाकर्मी लगायतको सक्रिय सहभागिता रहेको थियो। युवा समाजसेवी शिशिर शर्माको अगुवाईमा भएको सरसफाई कार्यक्रममा गौरीडाडा, रविलाल टोल, सुकेताल,सल्लेनी टोल, गौरीडाडा पार्क तथा सभाहल परिसर लगायत स्थानहरुका दाया बायाँ रहेका झाडी सफाई गर्ने, प्लास्टिकजन्य बस्तु, शिसा, बोटल, लगायत फोहोर मैलाहरुको संकलन गरी नस्ट गरिएको कार्यक्रममा सहभागी कृष्ण्ण थारुले जानकारी दिनुभएको छ। आफ्नो गाउँ आफै बनाऔं भन्ने रचनात्मक कार्यक्रमलाई हरेक हप्ता निरन्तरता दिइने गौरीडाडालाई सफा र स्वच्छ गाउ बनाइने युवा समाजसेवी शिशिर शर्माले बताउनु भयो।

 

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img