कञ्चन ।
रुपन्देहीको कञ्चनमा रहेका किशोर किशोरीहरुको साझा सञ्जाल कञ्चन साथी सञ्जालले कञ्चनका बिभिन्न स्थानहरुमा रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। किशोर किशोरीहरुलाई आफ्नो हक अधिकारबारे सुसूचित गर्दै किशोरी किशोरीहरुमा नेतृत्व र ब्यक्तित्व बिकासको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ सामुहिक छलफल, योजना निर्माण देखि लिएर सम्बाद समूह संचालन गर्ने जस्ता रचनात्मक कार्यक्रमहरु साथी सञ्जालले नियमित गर्दै समेत आएको छ।
यसैक्रममा आज शनिवार गजेडी माध्यमिक बिद्यालयमा कञ्चन साथी सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई नेतृत्व बिकास सम्बन्धी १ दिने तालिम सञ्चालन गरेको छ। कुन समयमा के कसरी कुरा गर्ने, कोसंग के कसरी आफ्नो बिचार वा भनाई राख्ने, औपचारिक कार्यक्रम कसरी संचालन गर्ने भन्ने बारे कार्यक्रममा सहजिकरण गरिएको थियो । कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले सहजिकरण गर्नु भएको कार्यक्रममा बिषय बस्तुको प्रस्तुती र बिषय बस्तुको प्रस्तुती गर्दा ध्यान दिनु पर्ने कुराबारे सहजिकरण गर्नु भएको थियो। आफुले जानेको र बुझेको कुरालाई प्रस्टसंग बोल्न सक्ने क्षमताको बिकास गर्न आवस्यक रहेको बताउदै सहजकर्ता थापा मगरले सिकेको कुरालाई ब्यबहारमा लागु गरे सबैकुरा सम्भव हुने समेत बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै सञ्जालका उपाध्यक्ष सुस्मिता नेपालीले कुनैपनि ज्ञान र सिप कसैले पनि गर्भबाट सिकेर आएको हुदैन तर आफु हुर्कदै गर्दा त्यो समाजको वातावरण, अभिभावकको निेर्देशन र संगी साथीहरुसंग सहकार्य र जिवनका समयानुसारको अनुभव र भोगाइहरुबाट पनि आफु भित्र कृेही गर्नु पर्छ भन्ने भावनाको बिकासले नै क्रमशः नेतृत्वको बिकास हुने बताउनु भयो।
कञ्चन साथी सञ्जालका उपाध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, उषा सुनारको संचालनमा सम्पन्न कार्यक्रमको ब्यबस्थापन सञ्जालका समिक्षा रानाले गर्नु भएको थियो। साथी सञ्जालले सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फउण्डेशनको सहकार्यमा किशोर किशोरीहरुमा लागु औषध दुर्ब्यशनी बिरुद्धको सचेतना मुलक कार्यक्रम, अन्तरकृया, छलफल तथा अभिभावक शिक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।