spot_img
spot_img
spot_img

समुद्री तटलाई जलवायु परिवर्तनबाट बचाउन स्पेनले ड्रोन तैनाथ गर्‍यो

spot_img

एजेन्सी ।

स्पेनले समुद्री तटलाई जलवायु परिवर्तनको असरबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ । जलवायु परिवर्तनको असरबाट देशका समुद्री तटलाई जोगाउन स्पेनले ड्रोन तैनाथ गरेको हो । स्पेनका समुद्री तट विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्य हुन् । यी समुद्री तटबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतका लागि, ुहाई रिजोलुशनु क्षमता भएका क्यामेरा र ुमल्टिस्पेक्ट्रल सेन्सरु जडान गरिएका ड्रोन उडाउन थालेको हो ।

यी ड्रोनले बालुवाको मात्रा अनुगमन गर्न, तथ्याङ्क सङ्कलन गर्न र समुद्री तटलाई पुनर्जीवित गर्ने उपायहरू ुट्र्याकु गर्न सूचना सङ्कलन गर्छन । स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको क्यालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूका लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ । स्थानीय टिब्बा प्रणालीलाई पुनः उत्पन्न गर्न र सहरको चार दशमलव दुई किलोमिटर समुद्र तटलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनको प्रयोग भइरहेको हो । क्यालाफेलका सहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आँधी र छाल रोक्न सक्ने बताउनुभयो। ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र तथ्याङ्क सङ्कलन गर्ने भएकोले काम गर्न सजिलो भएको उहाँको भनाइ छ। यो परियोजना सन् २०२५ सम्म जारी रहनेछ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img