कञ्चन ।
विश्व युवा दिवसको अवसरमा कञ्चन साथी सञ्जालले बृक्षारोपण गरेको छ। सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन गाउपालिका र स्ट्रोम फाउण्डेशनको सहयोग तथ कञ्चन सब डिभिजन वन कार्यालयको समन्वयमा २ हजार बढी विभिन्न प्रजातीका बोटबिरुवा रोपण गरिएको हो । सुनगाभा सामुदायिक विकास केन्द्र, कञ्चन रुपन्देहीले कञ्चन साथी सञ्जालको समन्वयमा बाल बगैचा, ग्रेजुएट समूह, सम्बाद केन्द्रमा आवद्ध बिधार्थी, किशोर किशोरीहरुले कञ्चनको वडा नं १ देखि वडा नं। ५ का विभिन्न् स्थानहरुमा बृक्षरोपण गरिएको कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले जानकारी दिनु भएको छ। कञ्चनलाई स्वच्छ र स्वस्थ अनि हरियाली बनाउने अभियान अन्तर्गत स्थानीयहरुको सहकार्यमा बृक्षारोपण गरिएको हो।
कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले शुभारम्भ गर्नु भएको बृक्षरोपण कार्यक्रममा कञ्चनका बिभिन्न बिद्यालयहरुका बिधार्थी, मनकामना आमा समूह, कञ्चन ४ अस्नैया, कालिका टोल बिकास संस्थाका प्रतिनीधिहरुले बृक्षरोपण गरेका थिए। बृक्षारोपण कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल, गाउपालिकाका प्रवक्ता चित्र तुलचान, सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल के.सी. कञ्चन युनियन ब्वाइज क्लवका अध्यक्ष धनराज बि।क।मनकामना आमा समूहका अध्यक्ष रस्मी राना, टोल विकास संस्थाका अध्यक्ष लोक बहादुर पुन लगायतले कञ्चन ४ को अस्नैयामा रहेको मन्दिर परिसरमा बृक्षारोपण गरेका थिए। कञ्चन साथी साथी सञ्जालका अध्यक्ष टीका थापा मगरको अध्यक्षता, उपाध्यक्ष सुस्मिता नेपालीको संचालन तथा सचिव बिष्णु सुनारको स्वागतमा बृक्षारोपण गरिएको हो।