spot_img
spot_img
spot_img

 ४७ वर्षपछि रुसले चन्द्रमामा रकेट पठायो : भारतको चन्द्रयान–३ भन्दा छिटो चन्द्रमामा अवतरण हुनसक्ने अनुमान

spot_img

एजेन्सी ।

रूसले ४७ वर्षपछि चन्द्रमामा रकेट पठाएको छ । रुसले आज बिहान लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो । बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण भएको र यो रकेटले पाँच दिनसम्म सिधा उडान भर्ने समाचार संस्था अल जजिराले जनाएको छ । पाँच दिनमा चन्द्रमाको कक्षमा पुग्नेछ । त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउनेछ । अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान छ । भारतले एक महिनाअघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने अनुमान छ । भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना छ । रुसले सन् १९७६ पछि युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोग विना नै यो प्रक्षेपण गरेको हो । रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसले प्रत्यक्ष तस्बिर सार्वजनिक गरेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथिको प्रतिबन्धले उसको अन्तरिक्ष कार्यक्रमलाई समेत असर पुगेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img