देवदह ।
विपन्न वर्गको आवासका लागि संघर्षरत लुमन्ति आवासको लागि सहयोगी समूहले परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। लुमन्ति आवासको लागि सहयोग समूहले देवदह नगरपालिकामा संचालन गर्ने कार्यक्रमको जानकारी गराएको हो।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरु आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछि परिरहेको बताउनुभयो। जब सम्म महिलाहरू आर्थिक हिसाबले बलियो हुदैनन् तब सम्म कोई पनि सबल हुन नसक्ने उहाले बताउनुभयो। उहाले देवदह नगरपालिकाले महिला दिदिबहिनीहरुको लागि विभिन्न तालिम तथा कार्यक्रमहरु आयोजना गरेता पनि त्यो तालिम तालिममै मात्र सिमित रहको भन्दै दुख व्यक्त गर्नुभयो। उहाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह समेत गर्नुभयो।सो कार्यक्रममा देवदह नगरपालिका भित्रबाट १२ वटा वडाका १२ आमा समुहको पदाधिकारीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा लुमन्ति संस्थाका व्यवस्थापक सोबिना लामाले लुमन्ति आवासको लागि सहयोगी समूहले गर्दै आएका विभिन्न कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा बुटवल(३ मा रहेको नाग मन्दिर आमा समूहको अध्यक्ष दुर्गा देवि पाण्डे, मिलन आमा समूहको अध्यक्ष ईमा भुषाल, चैतारी आमा समुहको सह सचिव हरिकला बस्याल लगाएतले आआफ्नो भनाई राख्नुभएको थियो।