spot_img
spot_img
spot_img

नमूना एभरग्रिनमा `स्पेल बी´ प्रतियोगिता सम्पन्न

spot_img

देवदह । 

नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल देवदह–२ ढेकावरमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत `स्पेल बी´ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा एल.के.जीदेखि कक्षा-२ सम्मका विद्यार्थीहरूको बीचमा कक्षागत र कक्षा-३ देखि ८ सम्मका विद्यार्थीहरूको बीचमा अन्तरसदनात्मक प्रतियोगिता भएको थियो। उक्त कार्यक्रममा कक्षा एल.के.जी देखि प्रितम थापा (प्रथम), सर्गम राना ( द्वितीय) र इभान गिरी (तृतीय) स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी कक्षा यू.के.जी देखि प्रविन चौधरी (प्रथम), ओशन पौडेल (द्वितीय) तुलसि लम्साल (तृतीय)भएका थिए। त्यस्तै कक्षा एकबाट प्रनेश ज्ञवाली, साहिल श्रेष्ठ र शिशिर चालिसे, क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए।

कक्षा दुईबाट क्रिश कलवार प्रथम, सञ्जोक पाण्डे र प्रनिश गुरुङ द्वितीय र हिमान्शु खनालले तृतीय स्थान हासिल गरेका थिए। त्यसैगरी कक्षा ३ र ४ मध्येबाट पहेँलो सदनदेखि दिपिका चालिसे, समर पाण्डे र आरोशी आचार्यले प्रथम स्थान , निलो सदनदेखि स्नेहा गिरी, समृद्धि कुइँकेल र विपिन सारूले द्वितीय र हरियो सदनबाट आयुषा खत्री, शिशिर पाण्डे र सुस्मिता चालिसेले तृतीय स्थान हासिल गरेका थिए।
त्यसैगरी कक्षा -५ देखि ८ सम्मका विधार्थीहरुबाट पहेँलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरू सुबास चाई (कक्षा-५), अनुस चालिसे (कक्षा-६),अप्सरा लम्साल (कक्षा-७) र दिव्याना सिंह ठकुरीले (कक्षा-८) प्रथम, निलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरू अप्सन थापा (कक्षा-५), सबिना सारू (कक्षा-६) ,सुदिक्षा श्रेष्ठ (कक्षा-७) र सलिना फाल (कक्षा- ८ ) दितिय र रातो सदनका विधार्थी भाइबहिनीहरु उपास्ना थापा (कक्षा -५) बिर्शिका राई (कक्षा -६) रामकिसन पासी (कक्षा -७) र सलिना राना (कक्षा-८) ले तृतीय स्थान हासिल गर्न सफल भएका थिए। उक्त प्रतियोगितामा कक्षा- ६ मा अध्ययनरत छात्र अनुस चालिसेले सर्वकृष्ट अङ्क ल्याउने प्रतियोगिको रूपमा सम्मानित भएका थिए। कार्यक्रम विद्यालयको प्रिन्सिपल कमल पौडेलको अध्यक्षता, खेल संयोजक राज कुँवरको सञ्चालन तथा शिक्षक पार्वती गाहा र सृष्टि बरालको सहजीकरणमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img