spot_img
spot_img
spot_img

अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : उपप्रमुख गुरुङ 

spot_img

देवदह, मिन राना ।

देवदह नगरपालिकाकी  नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा आयोजीत अन्तर संवाद कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताउनु भएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख गुरुङले राष्ट्रिय जनागणना २०७८ नतिजा र आदिवासी जनजातिका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै हक अधिकार प्राप्तिक लागे आवाज उठाउदैं धर्म संस्कृति रितिरिवाजको रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। उपप्रमुख गुरुङले नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारहरुको अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताउदैं बाधा अड्चनको सामना गर्दै सत्य तथ्य बुझेर पत्रकारिता गर्न सुझाव सहित शुभकामना दिनुभयो।

कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सानु थापाले पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताउनुभयो । भाषा, धर्म संस्कृति र रितिरिवाजको संरक्षण गर्दै सुशासन र समाज रुपान्तरणका लागि पत्रकारले कलम चलाउनु पर्ने अध्यक्ष थापाको भनाई थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ समन्वय देवदहका अध्यक्ष मिना कुमारी श्रेष्ठ, फोनिज लुम्बिनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फोनिज रुपन्देहीका पूर्व सचिव यम राना, नेपाल मगर संघ देवदहका अध्यक्ष शोभा कुमारी थापा, देवदह ९ का वडा सदस्य कृष्ण माया राना लगायतले मन्तब्य व्यक्त गर्दै भाषा, संस्कृतिको संरक्षण संगै कार्ड बोक्ने पत्रकार नभएर काम गर्ने पत्रकार बन्न सुझाव सहित शुभकामना दिनुभयो। कार्यक्रम संस्थाका अध्यक्ष सनु थापाको अध्यक्षता उपाध्यक्ष प्रेम थापाको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img