spot_img
spot_img
spot_img

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गरिने 

spot_img

काठमाण्डौ ।

यस वर्षको कक्षा १२ को नतिजा आज बेलुकासम्म सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । कार्यालयका अनुसार आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको र प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गरिने जनाएको हो । कुनै प्राबिधिक समस्या देखिएमा नतिजा प्रकाशन भोलिका लागि सर्ने पनि बतार्ईएको छ । गएको वैशाख २६ गतेदेखि परिक्षा शुरु भइ जेठ ५ गते सम्पन्न भएको थियो ।  देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img