गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका–४ मा अरिङ्गालले चिलेर २१ वर्षका एक युवकको ज्यान गएको छ । हिजो बेलुका ६ बजे साथीसँगै स्थानीय देविस्थान सामुदायिक वनमा सल्लाको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा रुख चढ्दै गर्दा शैलेष सिं ठकुरीलाई अरिङ्गालले चिलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अरिङ्गालले चिलेपछि उनी घर पुगेर परिवारसँगै खाना खाएर सुतेका थिए । घरमा अरिङ्गालले चिलेको कसैलाई नबताएका उनलेबिहान मात्रै पेट पोल्यो भनेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजाने क्रममा बाटोमा नै ज्यान गएको परिवारले बताएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??