३१ साउन,कञ्चन
रुपन्देहीको कञ्चन गाँउपालिकाले गाँउपालिकाबाट संचालन हुने बिभिन्न योजनाहरु संचालन गर्ने कार्यको शुरुवात गरेको छ। योजना संचालन गर्नका लागि सम्भवतः रुपन्देही जिल्लाको पहिलो स्थानीय तहको रुपमा कञ्चन गाउपालिकाले बिद्युतिय बोलपत्र मार्फत ठेक्का खुलाएको हो। पालिकाको वडा नं. ३ मा रहेको हरैया माध्यमिक बिद्यालयको ४ कोठे भवनको दोश्रो तला निर्माण गर्नका लागि पालिकाले पहिलो बिद्युतिय टेण्डर सार्वजनिक गरेको हो। करिब १ करोड ४३ लाख ७८ हजार ८९७ लागत अनुमान सहितको टेण्डर सार्वजनिक भएपछि कञ्चन गाउपालिकाको बिभिन्न योजनाहरु संचालन प्रक्रिया अगाडी बढेको हो।
यस अघि नै पालिकाले उपभोक्ता मार्फत संचालन हुने १ लाख रुपैया सम्मका योजनाहरुको उपभोक्ता समिति गठन प्रक्रियाका लागि सूचना प्रकाशित गरी वडाहरुमा सर्कुलर गरिसकेको छ। ५१ करोड ३८लाख ४६ हजार ७ सय १७ रुपैया बराबरको बजेट मध्ये १४ करोड ७ लाख २६ हजार रुपैया (२७.३९ प्रतिशत) पुँजीगत तर्फको बजेट विनियोजित भएको छ। उपभोक्ता मार्फत संचलन हुने १ लाख रुपैया सम्मको साना योजनाहरु ४३ वटा योजनाहरु रहेको भौतिक पुर्वाधार बिकास शाखाका प्रमुख सुबोध ज्ञवालीले जानकारी दिनुभएको छ।
खास गरी आ.व.को अन्तिम समयमा योजना सम्झौता गर्ने र गुणस्तरमा भन्दा छिटो काम सम्पन्न गर्ने परमपरालाई तोड्न छनौट भई बजेट विनियोजन भएका योजनाहरु संचालन गर्ने कार्य अगाडी बढाएको भौतिक पुर्वाधार बिकास शाखाका प्रमुख ज्ञवालीले जानकारी दिनु भएको छ। पालिकाको भनाई अनुसार गराईलाई ब्यबहारमा लागु गर्न सके असारे कामको अन्त्य भई हरेक योजनाहरु मापदण्ड अनुसार सम्पन्न हुनेछ।