spot_img
spot_img
spot_img

३८ दिनदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको टापुमा भेटियो, ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान

spot_img

एजेन्सी ।

एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ। डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याइएको छ । समुद्रमा लामो समय रहेको डुङ्गामा रहेको धेरैजसो सेनेगलका नागरिक भएका अनुमान गरिएको बीबीसीले जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले यो डुङ्गा गएको जुलाई १० तारिखमा एक सय एक जना यात्रु बोकेर प्रस्थान गरेको जनाएको छ । त्यसपछि डुङ्गा हराएको थियो । केप भर्डे पश्चिम अफ्रिकाबाट झण्डै ६ सय किलोमिटर टाढा आन्ध्र महासागरमा रहेको टापु हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img