spot_img
spot_img
spot_img

सेवाप्रवाहमा सवै तहका राष्ट्रसेवकको समान दायित्व हुन्छ :मन्त्री शर्मा

spot_img

प्युठान। 

सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रवाहमा सवै तहका कर्मचारीको समान दायित्व हुने वताउनु भएको छ। उहाँले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नै नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताउनु भयो। प्यूठानमा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने निकाय कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको ईच्छाशक्तिको परिणामले नै सकारात्मक नतिजा दिने वताउनु भयो। बर्तमान सरकारले शुसासन र नागरिकको सेवाप्रवाहको विषयलाई विशेष प्राथमिकताका साथ अगाडि वढाईरहेको र त्यसको सफलताको निम्ति कर्मचारीको भुमिका महत्वपुर्ण हुने वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काको विशेष उपस्थिती रहेको थियो। जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगति, योजना र समस्यावारे व्रिफिङ गरेका थिए। जनशक्ति अभाव, ठेक्का प्रणालिमा ठेकेदारले गर्ने ढिलासुस्ति, वजेट अभाव, समन्वयमा देखिएका समस्याहरु लगायत कार्यालय प्रमुखले राखेका गुनासाहरुको सम्बोधन गर्दै मन्त्री शर्माले सवै तहका कर्मचारीको समान भुमिकाले नै लक्ष्य हासिल गर्न सकिने वताउनु भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img