spot_img
spot_img
spot_img

श्रीलङ्कामा १६ लाख बालबालिकाको अध्ययनका लागि युनिसेफको सहयोग

spot_img

एजेन्सी ।

श्रीलङ्कामा कोरोना महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई सिकाइमा सहयोग पुर्याउने गरी कार्यक्रम शुरु भएको छ । श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष ९युनिसेफ० ले संयुक्त रूपमा कार्यक्रम शुरु गरेका हुन् । श्रीलङ्काका शिक्षामन्त्री सुशील प्रेमजयन्तले विगतमा तीन वर्ष विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताउनुभएको छ । श्रीलङ्काले आफ्नो कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको चारदेखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ । गएको जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारको समर्थनको लाभ उठाउन सिकाइ सुधारका लागि विशेष छलफल समेत आयोजना गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img