देवदह // रुपन्देहीको देवदह नगरपालिका–५, मा रहेको कोलिय शान्ति पार्कमा अन्तर विद्यालय स्तरीय फुलवारी निर्माण प्रतियोगिता सम्पन्न भएको छ। देवदह नगरपालिका–५, वडा कार्यालयको संयोजन र बुद्ध सामुदायिक वन उपभोक्ता समुह, स्कर्लसहोम बोडिङ्ग स्कुल बुटवलको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो।
देवदहका ६ वटा विद्यालय सहभागिता रहेको प्रतियोगितामा युगज्योति मा.वि प्रथम, बुद्ध पब्लिक आवसिय मा.वि द्धितिय, न्यु लुम्बिनी बोर्डिङ स्कुल तृतीय र सान्त्वना देवदह ईङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएको थियो। प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा नेपाल रेडक्रस सोसाईटी देवदह शाखाका सभापति कृष्णप्रसाद न्यौपाने, सदस्यमा लुम्विनी बौद्ध विश्वविद्यालय देवदहका डिन उकेशराज भुजु, बुद्ध सामुदायिक वन रहेको थियो।
विद्यार्थीहरुलाई शिक्षा संगै प्रकृतिको अध्ययनमा लगाउने गरी प्रतियोगिताको आयोजना गरेको वडाअध्यक्ष गणेश डुम्रेले जानकारी दिनु भयो। प्रतियोगितामा स्तरीय फुलवारी निर्माण, संरक्षण र गोडमेलमा उत्कृष्ट आउनेलाई पुरस्कृत गरिएको वडाअध्यक्ष डुम्रेले जानकारी दिनु भयो। प्रतियोगितामा केरवानी माध्यमिक विद्यालय, बुद्ध पव्लिक आवासीय मावि, युगज्योति मावि, देवदह मदरटङ्गस एकेडेमी, देवदह बोडिङ्ग स्कुलको सहभागिता रहेको वडासदस्य विमलादेवी दर्लामीले जानकारी दिनु भयो।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले नगद ५ हजार, द्धितिय हुनेले ४ हजार, तृतिय हुनेले ३ हजार र सहभागि विद्यालयलाई १-१ हजार प्रदान गरिने वडाअध्यक्ष डुम्रेले जानकारी दिनु भयो।
प्रतियोगिताको शुभारम्भमा वडा सदस्यहरु सावित्रा पौडेल, बिमलादेवी दर्लामी, संगीता विक, होमनाथ भट्टराई, बुद्ध पब्लिक आवासीय माविका प्रिन्सिपल कृष्णप्रसाद गैरे, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग, युगज्योति माविका राजु अर्याल, केरवानी माध्यमिक विद्यालयका चन्द्रकान्त पाण्डे लगायतको सहभागिता रहेको थियो।