spot_img
spot_img
spot_img

पुष्पा टण्डन रहस्यमय मृत्यु प्रति नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमाद्वारा गम्भिर ध्यानाकर्षण

spot_img

बुटवल । 

रुपन्देहीको तिलोत्तमा ४ ड्राईभरटोल दुर्गामन्दिर पथ निवासी वर्ष ३६ कि पुष्पा टण्डनको मिति २०८० साउन २७ गते कन्चन गाउँपालिका फायरलाईनको जंगलमा झुन्डीएको अवस्थामा भएको शंकास्पद मृत्युलाई नेपाल कम्युनिष्ट पार्टीले गंभिररुपमा लिएको भन्दै एक प्रेस विज्ञप्ती प्रकाशित गरेको छ। बिज्ञप्तीमा भनिएको छ पुष्पा टण्डन साउन २६ गते घरबाट निस्कि लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा स्कुटी पार्किङ गरि सम्पर्क बिहिन भएको र घरपरिवार र छोराछोरीले प्रहरीलाई खवर गरेपछी ४ ५ जना अपरिचित ब्यक्तिहरु घरमा आई छोराछोरीलाई हप्काई दप्काई समेत गरेको र अर्को दिन बिहान फायरलाईनको जंगलमा झुन्डिएको अवस्थामा फेला परेपछी घटना शंकास्पद भएको हो ।

घटनाको बिषयलाई लिएर पिडितपक्ष बिरोध प्रदर्शन समेत गरेको अवस्थामा निश्पक्ष छानबिन गरि  घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न विज्ञप्ती मार्फत प्रहरी प्रशासन समक्ष  माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर इञ्चार्ज बिज्ञान सी र सेक्रेटरी प्रज्वल सीद्वारा हस्ताक्षरित संयुक्त प्रेस बिज्ञप्तीमा पिडित पक्षलाई न्याय दिलाउन र घटनाको सत्यतथ्य खोजबिन गर्न सो पार्टीले सहकार्य गर्न तयार रहेको जानकारी गराउँदै मृतक पुष्पा टन्डन प्रति हार्दीक श्रद्धान्जली एवं शोकसन्तप्त परिवारमा हार्दिक समबेदना ब्यक्त गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img