spot_img
spot_img
spot_img

कपिलवस्तुमा अठार लाख साठी हजार बराबरको भन्सार छलिको सामान बरामद 

spot_img

कपिलवस्तु ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी  सहित नियन्त्रणमा लिएको छ ।  पुरुषले प्रयोग गर्ने भित्री बस्त्र २४०० थान र अन्दाजी ३,६०,००० रुपैया बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र.नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो ।
काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा गाडीको अन्दाजी मुल्य १५,००,००० (पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img