spot_img
spot_img
spot_img

मेरो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको उपाधि प्रितम र खुसीलाई

spot_img

काठमाडौँ । 

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रितम राईले जितेका छन्। यसैगरी नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाईल्याण्ड की खुसी कार्कीले जितेकी छन्। निर्णायकहरुको मुल्याङकन र नागरिकबाट प्राप्त भोटका आधारमा उनिहरुले उपाधि जितेका हुन्। इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोडसहित अरु विभिन्न पुरस्कार प्राप्त गरेका छन्। मेरो भ्वाइस युनिभर्स फर्स्ट रनर अप बनेका सिक्किमका शिशिर ठटालले रु ३० लाख र सेकेन्ड रनर अप काभ्रेका शरद् हुमागाईँले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी मेरो डान्स युनिभर्सका फर्स्ट रनर अप बनेकी देवी गर्वुजा मगरले रु ३० लाख र सेकेन्ड रनर अप भएका मिङ्मा डी लेप्चाले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गरेका छन्। यस्तै, कल्चरल ग्रुप डान्सको विजेता नेपाल पुलिस बनेको छ । विजेता नेपाल पुलिस टिमले २० लाख प्राप्त गर्यो। गोदाबरीस्थित सनराईज सम्मेलन केन्द्रमा भएको कार्यक्रममा दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न प्रतिस्पर्धा गरेका थिए। विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेसहित अन्य अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो। गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा छन् भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक छन्। यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img