spot_img
spot_img
spot_img

भारतले पीएम ईबस सेवाका लागि छुट्यायो पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ

spot_img

एजेन्सी ।

भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो । योजनाका लागि पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ ९करिब ६ दशमलव ९ बिलियन अमेरिकी डलर० स्वीकृत भएको छ। यस योजनाअन्तर्गत एक सय ६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । भारतीय खेलकुद, युवा मामिला र सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युतीय बसहरु खरिद गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले यो सेवा केन्द्र शासित प्रदेश, उत्तरपूर्वी राज्यहरु र पहाडी क्षेत्रहरुको राजधानीका तीन लाख बढी जनसंख्या भएका सहरहरुमा सञ्चालन हुनेछ ।  यस योजनाअन्तर्गत एक सय ८१ सहरमा चार्जिङ स्टेशनसँगै १० वर्षको अवधिका लागि विद्युतीय बस सञ्चालन हुनेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img