spot_img
spot_img
spot_img

घुम्ती शिविर गाँउमा आएपछि सेवाग्राही खुशी

spot_img

कञ्चन । 

रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ। घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ नागरिक परिचय वितरण गर्ने व्यवस्था गरिएको छ । कञ्चनका ५ वटा वडामा हरेक वडामा दुई दिनको दरले घुम्ती शिबिरसञ्चालन गरिएको हो ।
कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले घुम्ती शिविरको मूख्य उद्देश्य भनेको जनतालाई वडा वडाबाटै सहजरुपमा सेवा दिने रहेको बताउँदै शिविरबाट सेवाग्राहीलाई पालिकामै आउनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।
घुम्ती शिबिरमा सेवा लिन आएकी सेवाग्राही कञ्चनको थकाली चोकमा रहेको मिलिजुली आमा समूहकी सचिव कमला रानाले घुम्ति शिविर आयोजनाबाट आफूहरुलाई धेरै सुविधा पुगेको बताउनु भयो । उहाँले घुम्ती शिविरको आयोजनाबाट समूह दर्ता गर्न बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको बताउँदै यसबाट आफूजस्तै धेरै सेवाग्राहीलाई सुविस्ता पुगेको बताउनु भयो । कञ्चन गाउँपालिकाले व्यवसाय कर नतिरेका व्यवसायीलाई असोज मसान्तभित्र कर तिरेमा दुई बर्षसम्मको व्यवसाय कर निशुल्क गर्ने व्यवस्था गरेको छ ।

तर, घुम्ती शिवीरको बेवास्ता गरी कर तिर्न अटेर गरेमा त्यस्ता व्यवसायीलाई जरिवाना गर्ने जनाएको छ ।   पालिकामा गएर कर तिर्नुपर्ने, संघ संस्था नबिकरण गर्ने झञ्झटबाट सेवाग्राहीलाई सहज गर्न वडा तहमै नबिकरणको व्यवस्था गरिएको हो । भदौ ३ देखि सुरु भएको घुम्ती शिविर भदौ १३ गतेसम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img