कञ्चन।
नेवाःदेय दवु कञ्चनले एक बिशेष कार्यक्रमगरी गाईजात्राको पुर्वसन्ध्यामा लाखे नाच प्रदर्शन गरेको छ। कञ्चनको मुख्य बजार हरैया बजारमा नेवा समुदायको कला संस्कृति झल्किनेगरी लाखे नाच प्रहसन गरिएको हो। लाखे नाच प्रहसनका प्रमुख अतिथि तथा नेवाः देय दबु, रुपन्दे्हीका उपाध्यक्ष रिम बहादुर श्रेष्ठले नेपालको खास कला संस्कृतिको संरक्षण नेवा समुदायले गरिरहेको बताउनुभयो। देशभर छरिएर रहेका नेवाहरुलाई संगठित गर्ने र भाषा कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा राज्यले ध्यान दिन आवस्यक रहेको बताउनुभयो। यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा नेवाः देय दबु रुपन्देहीका उपाध्यक्ष एवं महिला बिभाग प्रमुख अरुणा श्रेष्ठले नेवाः समुदायको भाषा, कला संस्कृतिहरुबाट नै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयर्टन प्रबद्र्धनमा मुख्य भुमिका रहेको बताउनु भयो। यसैगरी नेवाःदेय दबु रुपन्देही जिल्ला समिटिका उपाध्यक्ष तथा महिला बिभाग प्रमुख अरुणा श्रेष्ठले कुनै पनि भाषा कला र संस्कृति त्यो जाती र समुदायको मात्र नभई समग्र देशको हुने बताउनुभयो। बहुजाती बहु भाषा धर्म र संस्कृति भएको साझा फुलवारी भएकोले ती सबै फुलहरुको संरक्षण गरी सुन्दर देश बनाउनु राज्यको पनि दायित्व भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफु पालिकाको अध्यक्ष हुँदा कञ्चनमा भएका मगर र थारु जातीहरुको संग्राहलय निर्माण गर्न आवस्यक जग्गा र बजेट ब्यबस्थापन गरेको बताउदै नेवार समुदायका कला संस्कृतिको संरक्षणका लागि भवन निर्माणका लागि आवस्यक योजना निर्माण समेत गरेको बताउनु भयो। वडा नं ३ का वडा अध्यक्ष टीकराराम सापकोटाले कञ्चन बहुजातीय बहुधार्मिक, भाषा, कला र संस्कृतिले पुर्ण भएको र यीनै कला संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सके कञ्चनको पर्यटनको समेत बिकास हुने बताउनु भयो। नेवाः देय दबु कञ्चनका अध्यक्ष क्या. बिष्णु नारायण श्रेष्ठले स्वागत गर्दै लाखे नाच के हो, यसको बिकास कसरी भयो र महत्वको बारेमा जानकारी दिनुभएको थियो। लाखेनाचको शुभारम्भ कार्यक्रमको संचालन कोपिला श्रेष्ठले गर्नु भएको थियो।नेवाः देय दबुको आयोजनामा लाखे नाच समेत प्रस्तुत गरिएको थियो।