spot_img
spot_img
spot_img

कञ्चन गाँउपालिकाले संचालन गरेको घुम्ती शिविर प्रभावकारी बन्दै

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकाले संचालन गरेको घुम्ति शिविर प्रभावकारी बन्दै गइरहेको छ। टोल टोलमा शिबिर आएपछि पालिकाबाट पाउने सुविधा आफ्नै घर आगनको टोलमा पाउदा सेवाग्राही निकै खुशी देखिएका छन।
गाउपालिकाले यही भदौ ३ गते देखि गाँउ-गाँउमा घुम्ति शिविर संचालन गरी संस्था नविकरण, ब्यबसाय कर संकलन, ब्यबसाय दर्ता र जेष्ठ नागरिक परिचय पत्र वितरण गरिरहेको छ। शिविरको तिन दिन बित्दा ३ सय १० जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ भने ५८ वटा ब्यबसायी फर्म तथा पसल नविकरण भएको घुम्ति शिविर अभियानका टोली प्रमुख तथा सूचना अधिकारी गिरीराज अर्यालले जानकारी दिनु भएको छ। यस्तै शिविरमा १८ वटा नया ब्यबसायी फर्म तथा पसल दर्ता भएका छन भने ११ वटा संघसंस्था नविकरण भएको छ। वडा नं. ४ मा भएको शिवरिमा सेवाग्राहीहरुसंग भेटगरी गाउपालिकाका अध्यक्ष नवराज ढकालले स्थानीय सरकारको प्रत्यक्ष अनुभती दिलाउन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउदै सहज बनाउन गाँउमा घुम्ति शिविर संचालन गरिएको बताउनुभयो।

जेष्ठ नागरिकहरुले आफ्नो जेष्ठ नागरिक परिचयपत्र लिन गाउपालिकामै जानु पर्ने, कर तथा ब्यबसाय नविकरण गर्न गाउपालिका जानु पर्ने समस्यालाई केही हदसम्म भएपनि सहजता प्रदान गर्न संचालन गरिएको शिविरबाट अधिक्तम सेवा लिन कञ्चनवासीलाई अध्यक्ष ढकालले आग्रह गर्नु भयो। गाउपालिकाले कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अब्यबस्थित बसोबासीहरुलाई दशै अगाडी नै लालपुर्जा दिनेगरी तयारी गरिरहेको जानकारी दिदै अध्यक्ष ढकालले कञ्चनको अब्यबस्थित बसोबासको समस्या छिटै हल हुने बिश्वास ब्यक्त गर्नु भयो।  अध्यक्ष ढकालले स्थलगत नाप नक्सांकन गर्ने र मुचुल्का तयार गर्ने कार्य करिब अन्तिम भइरहेको र स्थलगत नाप नक्सांकन गर्दा आएका कतिपय सामान्य बिवादहरुलाई पनि बिस्तारै समाधान गर्दै नाप नक्सांकन भएका जग्गाहरुको फिल्डबुक तयार भई ३५ दिने सूचना प्रकाशित गर्ने अवस्था सम्मा पुगेको समेत जानकारी गराउनुभयो। लालपुर्जालाई पनि यसरी नै घुम्ती शिविरको आयोजना गरेर घर घरै लालपुर्जा वितरण गरिने अध्यक्ष ढकालले बताउनुभयो।

यसैगरी घुम्ति शिविरको अनुगमनको क्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कञ्चनवासीलाई पालिकाको सेवा गाउ गाउमै पुर्याउदा स्थानीय सरकारको प्रत्यक्ष अनुभुती गराउने अभिप्रायले शिविर संचालन गरिएको बताउनु भयो। शिविरमा बिशेषगरी जेष्ठ नागरिकहरुका लागि सहज रुपमा टोलमै जेष्ठ नागरिक परिचय पत्र वितरण गर्नुले स्थानीय तह र सेवाग्राही बिचको सम्बन्ध अझ नजिक र बलियो हुने प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनुभयो। गाउमा संचालन भएको शिविरमा आफ्नो ब्यबसायिक फर्म तथा पसलको दर्ता र नविकरणलाई प्राथमिकताका साथ अगाडी बढाइएको बताउदै प्रमुख प्रशासककिय अधिकृत गौतमले शिविरको समयमा कर तिर्ने कुनै पनि ब्य वसायी फर्म तथा पसल, संघसंस्थालाई दुई बर्ष सम्मको राजश्वमा छुट दिने समेत जानकारी दिनु भयो। शिविर पश्चात पालिकाले कञ्चनका हरेक गाउ र बजार क्षेत्रको बिशेष अनुगमन गर्ने र अनुगमनको क्रममा पालिकामा सुचिकृत नभई कुनै पनि ब्यबसाय संचालन गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने जानकारी दिनुभयो।

शिविरमा आफ्ना वडावासीहरुलाई सम्बोधन गर्दै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वडाका हरेक समस्याहरुलाई बिस्तारै समाधान गर्दै जाने बताउनु भयो। कञ्चनको समृद्धिका लागि सबैले एकसाथ हातेमालो गरेर आफ्नो जिम्मेवारी र दायित्व प्रति सम्बेदनशिल बन्यौ भने हामीले आँटेका हरेक योजनाहरु सफल हुदै जाने समेत वडा अध्यक्ष खत्रीले बताउनुभयो। वडा सचिव चक्रपाणी पौडेलको संचालनमा शुभाम्भ गरिएको घुम्ति शिविरको टोली प्रमुखको रुपमा कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी गिरीराज अर्याल खटिनु भएको छ। हरेक वडामा २/२ दिन शिविर संचालन हुने छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img