ढोका खोलिदिएपछि धन्यवाद नभनेको विवादपछि न्युयोर्कमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ भने आक्रमणकारी पक्राउ परेका छन् । आक्रमणकारीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३७ वर्षीय जोन नुनेजले ४२ वर्षीय एडविन पेड्रोजाका लागि ब्रुकलिनको गोवानसमा रहेको धुमपानका सामान बेच्ने पसलको ढोका खोले। पेड्रोजा धन्यवाद नभनी भित्र पसेपछि नुनेजले त्यसबारे आपत्ति जनाएपछि विवाद सुरु भएको थियो ।
सेतो कपडा लगाएका नुनेज र पेड्रोजाबीच पसल भित्र हात हालाहाल समेत भएको प्रहरीले सार्वजनिक गरेको भिडियोमा देखिएको छ । पेड्रोजाले नुनेजलाई धकेलिरहेको समेत भिडियोमा देखिएको छ ।
झगडा बढ्दै गएपछि उनीहरु पसलबाहिर निस्केका थिए । त्यसपछि पेड्रोजाले चक्कु निकालेर नुनेजको पेट र घाँटीमा प्रहार गरेपछि इबाइकमा भागेको प्रहरीले जनाएको छ । त्यसपछि घाइते नुनेजलाई अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।
पेड्रोजालाई शुक्रबार बिहान ब्रुकलिनमा पक्राउ गरिएको तथा हत्या र हतियारको आपराधिक कब्जाको आरोप लगाइएको प्रहरीले जनाएको छ ।