कञ्चन ।
नेकपा बहुमत र नेकपा क्रान्तीकारी माओवादी सम्बद्ध युवा संगठनहरुको एकता भेला बुटवलमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न एकता भेलाले संगिन भ्यु थापाको संयोजकत्वमा २१ सदस्यिय क्रान्तीकारी युवा संगठन नेपालको लुम्बिनी प्रदेश कमिटि गठन गरेको छ। भेलालाई सम्बोधन गर्दै क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी इन्चार्ज प्रेम सुवेदीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी बिदेशी शक्तीहरुको कसरत भइरहेको बताउनु भयो। देशको राष्ट्रिय स्वाधिनताको बिषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको कार्यगत एकतालाई समेत जोड दिदै नेता सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको बिषयमा आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनुभयो। क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीका इन्चार्ज तिलक पुनले देशमा भएको अन्याय अत्याचार र बेथितिका बिरुद्ध युवादस्ता अग्रमोर्चामा रहेर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।
यस्तै क्रान्तीकारी युवा लिगका पुर्व महासचिव दिल बहादुर कठायतले अमिरिकी सहयोग भनिएको एमसीसी सम्झौता पुर्ण रुपमा देशघाती र देशको स्वाधिनतामा माथीको खेलवाड भएको उल्लेख गर्दै एमसीसी सम्झौता बिरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल, गुल्मी इन्चार्ज टीका राना मगरले देशमा हुने हरेक अन्याय, अत्याचार र शोषणका बिरुद्ध सशक्त रुपमा सडकाघको रुपमा कार्यक्रमको उभार ल्याउनु पर्नेमा जोड दिनु भएको छ। युवा संगठनका प्रदेश इन्चार्ज झलक बि।क।ले सरकारले जनताको ढाड सेक्नेगरी गरेको महंगी, भ्रष्टचार र मुल्यबृद्धिका बिरुद्ध सशक्त रुपमा संघर्ष गर्नुको कुनै बिकल्प नभएको बताउनुभयो। संगिन भ्यू थापाको अध्यक्षता तथा सन्दिप सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा दलित मुक्ती मोर्चा, लुम्बिनी प्रदेश इन्चार्ज बिक्रम नेपालीले समेत बोल्नुभएको थियो।