spot_img
spot_img
spot_img

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ घाईते

spot_img

अर्घाखाँची ।

अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ४ जना गम्भिर घाईते भएका छन । चट्याङ लागेका २० वर्षीय मिलन खनालको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई भने उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको छ । यता, गुल्मीको मुसिकोटमा चट्याङ लागेर ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार दिउँसो कक्षा चलिरहेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img