काठमाण्डौ ।
आज ‘श्रीकृष्णजन्माष्टमी’। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक देशभर मनाइँदैछ । विभिन्न ठाउँका कृष्ण मन्दिरमा आज भक्तजनको घुईचो लाग्ने गर्दछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ पनि भन्ने भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??