spot_img
spot_img
spot_img

पोग्बामाथि प्रतिबन्धित औषधी सेवन गरेको आरोप

spot_img

काठमाडौँ ।

इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ । ३० वर्षीय पोग्बा फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । इटालीको राष्ट्रिय एन्टी डोपिङ संस्थाले पनि पोग्बाको रगतमा प्रतिबन्धित औषधिको मात्र भेटिएको बताएको छ । अगस्त २० तारिखमा युभेन्ट्स र  उडिनेसबीच भएको खेलपछि उनको परीक्षण गरिएको थियो ।

उक्त खेलमा युभेन्ट्स ३—० गोलले विजयी भएको थियो । पोग्बाले भने आफूले अहिलेसम्म कुनै पनि प्रतिबन्धित औषध सेवन नगरेको दाबी गरेका छन् । यदि प्रतिबन्धित औषध सेवन गरेको पुष्टि भएमा पोग्बामाथि दुईदेखि चार वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ । पोग्बालाई तत्कालका लागि निलम्बन गरिएको उनको क्लब युभेन्ट्सले पनि जनाएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img