spot_img
spot_img
spot_img

शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

spot_img

काठमाडौं ।

प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु काठमाडौंमा भेला भई आन्दोलित भईरहेका छन । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन् । शिक्षक महासंघले नै विद्यालय बन्द गरेर आन्दोलनमा लाग्न आह्वान गरेकाले पठन पाठन नहुने निश्चित छ । यता काठमाडौं महानगरपालिकाले भने विद्यालयमा पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानून बमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको फरक माग हुँदाहुँदै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img