काठमाण्डौ ।
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने जोड दिनुभएको छ । शुक्रबार आज नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताउनुभयो ।
यद्यपी संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उहाँको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।